२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोलकातामाथि हैदरावादको सहज जित

कोलकातामाथि हैदरावादको सहज जित

गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
  • एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार कोलकाता नाइट राइडर्समाथी सहज जित दर्ता गर्दै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको छ। कोलकाले दिएको एक सय ६० रनको लक्ष्य हैदरावादले मात्रै १५ ओभरमा एक विकेटको क्षेतिमा पूरा गर्यो। हैदरावादलाई सहज जित दिलाउने क्रममा ओपनर डेभिड वार्नर र जोनी वइरष्टवले उत्कृष्ट प्रदर्शन गरे। वार्नरले ३८ बलमा ६७ रनको योगदान दिए । जोनीले ४३ बलमा नटआउट ८० रन र केन विलिम्सनले नटआउट ८ रन जोडे। त्यसअघि कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो। ओपनर चरिस ल्यानको अर्धसतक र अर्का ओपनर सुनिल नरिनेले विस्फोटिङ ब्याटिङ गरेपनि उनी टिक्न सकेनन्। ८ बलमा २५ रन बनाउँदै सुनिल आउट भए । रिंकु सिंहले २५ बलमा ३० रन बनाए पनि अरुले उल्लेख्य रन जोड्न सकेनन्। हैदरावादका खलिल अहमिदले ३ तथा भुवनेश्वर कुमारले दुई विकेट लिए। आईपीएलमा १४ अंकसहित चेन्नई शीर्षस्थानमा रहँदा १२ अंक जोडेका मुम्वई र दिल्ली क्रमशः दोश्रो र तेश्रो स्थानमा छन्। दोश्रो खेलमा आइतबार साँझ सवा आठ बजे बैंग्लोरले चेन्नईको सामना गर्दैछ । बैंग्लोर अंक तालिकाको अन्तिममा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij