२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रियल मड्रिडको शानदार जित

रियल मड्रिडको शानदार जित

गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
  • एजेन्सी ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएको हो । रियल मड्रिडको जितमा तीनै गोल करिम बेन्जिमाले गरेका हुन् । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा बेन्जिमाले दोस्रो हाफमा ह्याट्रिक गरेर टिमलाई जित दिलाएका हुन् । ४७ औँ मिनेटमा पहिलो गोल गरेका बेन्जिमाले ९० औँ मिनेटमा तेस्रो गोल गरेका हुन् । त्यसअघि उनले ७६ औँ मिनेटमा खेलमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । जितपछि तेस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ६४ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ । शीर्षस्थानको बार्सिलोनाको ७७ अंक छ । पराजित भएको सातौँ स्थानको एथ्लेटिको बिल्बाओको ३३ खेलबाट ४६ अंक रहेको छ । ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा गेटाफेले सेभिल्लालाई ३–०, भिल्लारियलले लेगानेस तथा भ्यालेन्सियाले रियल बेटिसलाई समान २–१ ले हरा एभने लेभान्टे र स्पानियोलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij