२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

खाबासि (कविता)

खाबासि (कविता)

गण्डकी टाइम्स
मंगलवार, बैशाख ३१ २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख ३१ २०७६
  • जिबनजित राई हलेसी तुवाचुङ नगरपालिका–७, ऐसेलुखर्क हाल - काठमाडौं

    तोयामाले बुनेको खाबासि तुवाचुङमा खियामाले उनेको खाबासि यै तुवाचुङमा । तोयामा-खियामा दुबै किराती चेलिहरु हुन । खाबासिलाई नेपालीमा - कपास अंग्रेजीमा- कटन भनिन्छ कटन- कपास दुबै खाबासि हुन खाबासिको खेती किरातकालमा भएको थियो । किरातकालमा नै बुन्न पनि सुरु भएको थियो । तेसैले त किरातकाललाई घरेलु उधोगको स्वर्ण युग मानिन्छ किराँती र खाबासिको आफ्नै ईतिहास छ आफ्नै कथा छ आज विश्वमा खाबासिको जे जति विकास भएको छ यस्को श्रेय किरातकाल नै हो यस्को हकदार किरात काल हो किराँती हो । यस्को हकदार तपाईं हो म हो। कोकुले बुनेको खबासी छेम्मा कोकुले उनेको खाबासी कोकुबाट आमा आमाबाट नाना हुँदै अझै पनि आज पनि खाबासी उन्छन तान बुन्छन किराँती चेलिहरु घर घरमा तान तानमा । किरातकाल पश्चात् किरातिहरुको शाखा सन्तान मास्न सस्कार सस्कृती मास्न जोगिको भेसमा पठाएका जोगिको भेसमा आएका भरौटे हिन्दु जोगिहरुले किराँती चेलिहरुले बुन्ने किराँती आमाहरुले उन्ने किराती कोकुहरुले जिबन्त रचेको चर्खा, थुरी रोटा , प्युउरी लुकाइदिए कति फालिदिए कति चुडाइदिए ( भाचिदिए कति कति र र पनि छोदेनन तान बुन्न र पनि छोदेनन खाडी उन्न बुनिरहे ( उनिरहे आफ्नै लागि रैछकुले को लागि रैछाकुले जस्तै माइतिको लागि । अब त म ठोकुवा साथ भन्छु भोलि पनि बुन्छौ पर्सि पनि बुन्छौ बुनिरहन्छौ जिबन्त बुन्छौ सक्छौ भने आज एउटा चर्खा चोर त तान भाच त तिम्रो हड्डी कसरी भाच्छौ थुरी लुका त खाबासी सङै तेरो छालाको तान बुन्छौ तेसैले अब त्यो दुस्कर्म नगर त्यो फुसप्रयास नगर किराँती र खाबासिको किराँती र रोटा प्युउरिको किराँती र खाडिको आफ्नै ईतिहास छ आफ्नै कथा छ । खादी उन्न खाबासी बुन्न छाड्डैन किरातिहरुले हारे पनि जिते पनि यो नै किरातिको इतिहास हो यो नै किरातिको बिरासत हो किराँती कोकुहरुले किराँती आमाहरुले किराँती चेलिहरुले खाबासी बुनिरहन्छन खाबासी उनिरहन्छन आफ्नै लागि इतिहासको लागि इज्जतको लागि सस्कारको लागि माइतिको लागि डुङ्गा -डुङ्गामा घर - घरमा तान - तानमा मन-मनमा सधै- सधै ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij