२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

स्वच्छ वातावरण, स्वस्थ जीवन

स्वच्छ वातावरण, स्वस्थ जीवन

गण्डकी टाइम्स
शुक्रवार, आश्विन १७ २०७६
गण्डकी टाइम्स
शुक्रवार, आश्विन १७ २०७६
  • जिबनजित राई हलेसी तुवाचुङ नगरपालिका–७, ऐसेलुखर्क हाल – काठमाडौं

    हाम्रो कोक्पा सय वर्ष बाच्नु भो छेप्पा कोक्पाले नब्बे वर्ष सम्म हलो जोत्नु भा रे छेम्मा कोकुले नब्बे बर्षसम्म घाँस दाउरा गरेको आपा साठी वर्ष पुगे पनि मकै भट्मास खान सक्नु हुन्छ तर म पैतिस नपुगी दुई–दुई वटा रोग बोकेको छु मेरि श्रीमती बह्रैमास बिरामी मेरो छोरालाई हप्तामा एक चोटि अस्पताल लानु पर्छ सानी छोरिलाइ कहिले रुघा , कहिले खोकी सधै बिरामी । हिजो हाम्रो जिजु बुवाहरु गाउमै जन्मनु भो गाउमै बस्नु भो अनि स्वास्थ्य रहनु भो हिजो जिजु बुवाहरुको पालामा न वातावरण प्रदुषण थियो न फोहोर मैला न त तनाव र त स्वास्थ्य रहनु भो तर आज गाउँनै फोहोर–सहर नै फोहोर प्रत्येक मान्छेलाइ रोग छ कसैलाई क्यान्सर कसैलाइ अल्सर त कसैलाइ मुटूको रोग रुघा खोकी त सामान्य भै सक्यो यो सहरमा शहरमा जनसंख्या वृद्धि सङगै फोहोर बढिरहेको छ रोग बढिरहेको छ गाउँमा यातायात सगै फोहोर भित्रिएको छ बिकृती पुगेको छ जता ततै रुख काट्नाले पहिरो गै रहेको छ हिजो स्वच्छ हावा स्वच्छ वातावरण स्वच्छ समाजमा बाच्न पाइन्थ्यो , भने आज स्वच्छ हावा मात्र सम्म पनि पाइन्न दुषित पानी दुषित हावा सङगै हाम्रो जनजिवनमा हाम्रो स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ र अब हामी स्वस्थ्य रहन हाम्रो पुर्खहरु झै निरोगी बन्न निरोगी बाच्न वातावरण सफा राख्नु पर्छ आफुबाटै सरसफाइ सुरु गर्नु पर्छ घर घर बाटै सुरु गर्नु पर्छ आफू सफारहे परिवार सफा रहन्छ परिवार सफा रहे घर सफा रहन्छ घर सफा रहे समाज सफा रहन्छ समाज रहे सिगंो वातावरण र वातावरण सफा रहे हामी सफा रहन्छौ हामी स्वास्थ रहन्छौ , हाम्रो स्वास्थ्य हामै हातमा छ हामी हाम्रो पुर्खाहरु झै १०० वर्ष बाच्न सक्छौ निरोगी बाच्न सक्छौ हामी सबै स्वस्थ्य भई धेरै बाच्नका लागि आजै बाट लागि परौ विश्व वातावरण दिवसमा बाचन गरिएको कविता

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij