रगत बिक्रीमा छ
रगत बिक्रीमा छ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
समिर दुवाडी
साहुको ऋण काधभरी बोकेर
बा को गरिबी मनभरी बोकेर
सन्तानको सुनौलो भबिस्य देख्दै
आमाले साइतको टीका लगाइदिएर
श्रीमतीले एयरपाेट सम्म छाडन जादा
उसले रातो टीकामा देख्छ
साहुलाइ तिर्ने सावाँ र ब्याज
आमाको फेरिने चिल्थो फरिया
बाबुको च्यात्तिएको कमिज
सन्तानको भबिस्य
श्रीमतीको सपना ।
तर म देखिरहेछु,
हरियो पसपोटमा
स्वीकारियको परिस्कृत दासता
खोसिएको स्वतन्त्रता
र हरायको अधिकार
बगाउनुपर्ने मुल्यहिन रगत र पसिना
तिमिले त देख्छौ होला
परदेशिले पठायको रेमिटेन्स
देशबिकासको ठुलो सपना
तर म त देखिरहेछु
परदेशमा चुहिरहेको रगत र पसिना
हो मेरो देशमा आज
पसिना लिलामिमा छ
रगत बिक्रिमा छ ।।
प्रतिक्रिया