लकडाउन
लकडाउन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
जीवन शर्मा
लकडाउन र दुरि ले मात्र नगर चुरि फुरी
कोरोनाले लुकामारी गर्दै छ घुमी फिरि ।।
आरडिटी मात्रै गरेर के को फुर्ती
यो त खपत गर्ने हो एउटा जुक्ति ।।
किस्ताबन्दी मा लक्डाउन थपेर मात्रै के अर्थ
बिहान बेलुकी, सुपरमार्केट, तरकारी पसल खोलेर ब्यर्थ ।।
कि त दिउँसो मात्रै कोरना सर्छ ?
अनि कोठा भित्र बसे आफै मर्छ ?
न त नेपालमा यसको कुनै लक्ष्यण देखिन्छ
तर खोज्दै जाँदा कोरना पोजिटिभ भेटिन्छ ।।
हामी सबै सचेत बने कोरना संग जित्न सकिन्छ
थोरै हेलचेक्र्याइ गरे जतिबेला पनि चिता मा परिन्छ ।।
अबपनी किस्ताबन्दी लक्डाउन को मात्रै नपरौ भरमा
पि सि आर बाट जाँच गर्न पुगौ घर घरमा ।।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् उच्च जोखिममा
किन ढुङ्गामुढा गर्छौ यिनिहरुको टाउकोमा ।।
प्रतिक्रिया