कथा फेरिएको म
कथा फेरिएको म
गण्डकी टाइम्स
गण्डकी टाइम्स
जीवन शर्मा
म वुहानमै थिए विश्व रमाए।
भ्रष्टचारिहरुले मनग्य कमाए ।।
म विश्व घुमेर बिस्तारै नेपाल आए ।
अबसरबादीहरु रातारात सल्बलाए ।।
सुरुमा त स्वास्थ्यकर्मी माथि नै गिद्देनजर लगाएउ ।
पीपीइ सेट माग्दा भान्सामा लगाउने भनि खिल्ली उडाएउ ।।
म भन्छु,अझै पनि तिमीले मौका नगुमाउ ।
लक्डाउनको भरमा मात्र चित्त नबुझाउ ।।
राज्यको सबै कोष कोरना नियन्त्रणमा हाल।
नत्रभने इटाली भन्दा पनि बेहाल हुदैछ नेपाल।।
अझै पनि मौका छ तिमीलाई, ग्रीन क्षेत्र छुट्याउ।
एक घर एक पीसीआर टेस्ट गर्न नछुटाउ।।
चुनाबको बेला प्रयोग गर्ने तिम्रा दस्ता कोरना नियन्त्रणमा खटाउ ।
सेना र पुलिसहरुलाई लिपुलेक, कालापानी तिर पठाउ ।।
यहि बेला हो दुइ तिहाइ सरकारको शान देखाउ ।
राष्ट्र र रष्ट्रियताको गौरब बढ्ने काम देखाउ ।।
मैले स्वरूप् फेरि फेरि आएको छु हेलचेक्राई नगर ।
कुनै लक्षण बिना नै हिडेको छु, लक्डाउनको मात्र भर नपर ।
तिम्रो दुइतिहाइ सरकार छ, जनताको समस्या पनि बुझने गर।।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार लाई पनि सम्मान गर।
प्रतिक्रिया