इच्छुक अनि म
इच्छुक अनि म
गण्डकी टाइम्स
गण्डकी टाइम्स
इन्दिरा अधिकारी, सुनाखरी
इच्छुक !
तिमी त, त्याग र बलिदानको अर्को नाम हौ !
सुन्दर सपना,
लाली पोतिएको त्यो बिहानी
मुक्तिको गोरेटो कोर्ने !
इच्छुक !
तिमी सबैको,
इतिहास, हिड्ने बाटो हौ !
न्यायीक आवाज बोल्ने
पच्चगामी विरुद्ध आगो ओकल्दै
जल्लादहरुको चिहान बनाउने
इच्छुक !
तिमी क्रान्तिको जीवन हौ
र प्रतिक्रान्तिको मृत्यु हौ !
साच्चै,
इच्छुक- तिमी
जून हौ,
घाम हौ र बसन्त हौ !
तर ,इच्छुक !
तिम्रो बलिदानले आएको गणतन्त्रमा
घाम लागेको छैन,
जूनको शितल छैन,
सुवासकोकतै सुगन्ध छैन !
अहँ,
कहिँ, कतै
रत्तिभर जीवन फेरिएको छैन !
भन, इच्छुक !
न्याय बेचिएका
अन्यायमा पारिएका
आशामुखी उत्पीडित मनहरुलाई
न्यानो बनाउन
शितल तपाउन
वसन्तको कोपिला फुलाउन
सुगन्धित पार्न
सुवास छर्न,
मैले !
तिमिले भने झै बोलु ?
तिमिले भने झै गरु ?
तिम्रै बाटोमा हिडु ?
तिमिले लेखे झै लेखु ?
जरुर -इच्छुक !
सारा तिमिले झै गर्नुछ - मैले
किन बगाउन नपरोस तिमिले जस्तै रगत
सहन किन नपरोस तिमिले जस्तै यतना
गुमाउन किन नपरोस तिमिले जस्तै जीवन
यदि,
सबैसबैको निम्ति , सबैसबैको नवीन जीवन बदलिन्छ भने ,
हो इच्छुक !
इतिहास लेख्न चाहान्छु
बलिदानको
समर्पणको
अनि परिबर्तनको -तिम्रै रगतले
र तिम्रो,
सपना फक्रीएको
गद्दारहरु लड्किएको- सुन्दर देश लेखन चाहान्छु !
प्रतिक्रिया