प्रिय, कमरेड चे
प्रिय, कमरेड चे
गण्डकी टाइम्स
गण्डकी टाइम्स
प्रिय,
कमरेड चे !
अभूतपूर्व त्याग र बलिदानका सर्वश्रेष्ठ उदाहरण !
जसको कुनै !
सिमाना,
जात,
धर्म,
र देश थिएन !
थियो त,
केवल !
परिवर्तन,
अन्याय,
अत्याचार र
विभेद का पहाडहरु पन्छाउने, दृढ संकल्प !
त्यसैले त,
चे !
त्याग र बलिदानको अर्को नामा हो !
विश्व सर्वहारा वर्गको कमाण्डर हो !
हो,
उ !
विश्वभरीका, क्रान्तिकारी युवाहरुको प्रिय नेता !
देशभक्तहरुको मुल बाटो,
आट,
साहस,
उर्जा,
आदर्श,
र मुक्ति को, न्यायीक आवाज हो !
साच्चिकै, चे !
विश्वभरिकै,
फोहर,
मैला,
पातपतिंगर बगाउने वर्षा हो !
अन्धकार हटाई,
रसातलमा भासिएका बस्तिहरुमा उज्यालो छर्ने घाम हो !
शितल तपाउने जून हो !
क्रान्तिकारी आकाशको नवोधित तारा हो !
आमूल परिवर्तनको अजम्मरी इतिहास हो !
हो !
आज !
जुन १४
उहाँकै जन्मोत्सव !
-इन्दिरा अधिकारी, सुनाखरी
प्रतिक्रिया