२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कुरिकुरी राष्ट्रवाद

कुरिकुरी राष्ट्रवाद

गण्डकी टाइम्स
मंगलवार, आषाढ १६ २०७७
गण्डकी टाइम्स
मंगलवार, आषाढ १६ २०७७
  • समिर दुवाडी कुपोषणमा परेकी आमाको लाम्टाबाट दुध नझरेपछी साहुनीले प्लास्टिकको निप्पलमा पाउडर दुध हालेर चुसाइन कामरेडले चुस्यो, हुर्क्यो र गायो जय राष्ट्रवाद । देशले रोजगार दिएन भन्दै परदेश गएको मेरो साथी छुट्टिमा गाउँ आउँदा कपालमा हाल्यो चमेली तेल जिउभरी हाल्यो गुलाबी अत्तर हातमा बोक्यो आइफोन अनि भेट्न् हिड्यो रामभ्यान्ज्याङ चोकको कान्छा सङै गायो भट्टीमा राष्ट्रवाद ।। सुन्तली दुलही भित्र्याउदा गाउँलेलाइ भोज खुवाउदा ऋणमा नौगेडि धरौटी राखेर ब्याजको भार उतार्न भारतीय नम्बर प्लेटको गाडीमा झुन्डदै साहुलाइ भोट माग्यो र गायो जय राष्ट्रवाद ।। कोरोना महामारीले बिश्व छटपटायो सुस्ता पिरले सुस्तायो लिपुलेक लिम्पियाधुरा गडगडायो सिमानाको पिल्रर पनि हरायो तर कामरेडले अमेरिकन संगीत र रोमको बासुरिमा गोाैरब ठान्यो मुठ्ठी कस्यो बेसार खायर तङग्रीयो अनि फेरि गायो जय रास्ट्रवाद ,जयराष्ट्रवाद ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij