विमला राई हलेसी तुवाचुङ नगरपालिका ०७ हलेसी खोटाङ
सप्पै सप्पै मरिसक्यो, चाहाना अनि रङ्गिन सपनाहरु भो अब, आकाशका बादलसङ्ग उड्नु छैन अनि त्यो भिरालो बाइकमा सवार गर्दै । ठूलो घरको छत माथी चिसो बियर चुस्स पार्दै प्रियासी सङ्ग ताराहरु गन्नु छैन । चाहानाले संसार जित्न नसकिने रहेछ रंगिन सपनाले जीवन नरंगिदो रहेछ । यहाँ रहर हैन । बाध्यातालाई खास बनाउनु पर्दोरहेछ त्यसैले मलाई, ब्ल्याक एन्ड ह्वाइट जिन्दगी नै काफी सम्झन्छु निथ्रुक्क भिजेको, त्यो रात म जन्मिदा, आमा र आपाको आखाँबाट झरेको खुसीको आसुहरु आज ती नै आखाँबाट दुखको आँसु झर्दै छ रे । आफ्नै कहानी लाग्दो ब्यथा परदेशबाट आएको पल्लो घरे साइलोलाई सुनाउदै छ कथा हो अब म ।।।। ।।।।।।। त्यी नै आमा र आपाको लागि एक अञ्जुली खुसी बोकेर जाँदै छु । मेरो अन्तिम संकल्पहरु मेरै यादमा बितेका रातहरु श्रृङ्गार्नु गन्तव्य रोजेको छु । हुन त मेरो पनि आफ्नै बिडम्बना छ । तर अब फेरि एकपटक आशिर्वाद देऊ बिडम्बनालाई साहस र उमंगले जित्छु न्यानो माया देऊ, तिम्रै वरिपरि बस्छु । यी नै हुन् मेरा अन्तिम संकल्पहरु