काठमाडौं, १२ माघ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने शुक्रबार देखि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।