२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एनएमबि बैंकको नाफा १ अर्बभन्दा धेरै

एनएमबि बैंकको नाफा १ अर्बभन्दा धेरै

गण्डकी टाइम्स
बिहिवार, माघ १५ २०७७
गण्डकी टाइम्स
बिहिवार, माघ १५ २०७७
  • काठमाडौं, १५ माघ । आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रयमासमा एनएमबि बैंक लि.को खुद मुनाफा रु.१ अर्ब ६१ करोड पुगेको छ । नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा रु. १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ । सोही आ.व. को दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप रु.१ खर्ब ४९ अर्ब र कूल कर्जा सापट रु.१ खर्ब ४४ अर्ब पुगेको छ । बैंकले यस आ.व. को ६ महिना भित्रमा निक्षेपमा रु.१४.६१ अर्ब र कर्जा तथा सापटमा रु.२१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ । यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्घि भई ३.९५ प्रतिशत र कर्जा तर्फ ४.१९ प्रतिशतबाट वृद्घि भई ४.४३ प्रतिशत पुस मसान्तसम्ममा पुगेको छ । निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij