काठमाडौं, १८ माघ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज नेपालीबजारमा छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।