काठमाडौं, २२ माघ । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ९०० रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।