२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन सुरु

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन सुरु

गण्डकी टाइम्स
बिहिवार, माघ २२ २०७७
गण्डकी टाइम्स
बिहिवार, माघ २२ २०७७
  • काठमाडौं, २२ माघ । काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन थालेको छ ।

    नेपाल आयल निगमको सहकार्यमा यो अध्ययन सुरु गरेको केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा. बिराट सिंह थापाले जानकारी दिएका छन । अबको एक दशकभित्रै हाइड्रोजन निर्यात गर्ने र पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौं रुपैयाँ जोगाउने सपनाका साथ अनुसन्धान थालेको उनले बताएका छन् ।

    उनका अनुसार छिमेकी मुलुक चीनसहितका देशमा हाइड्रोजन इन्धन अनिवार्य बन्दैछ । ‘नेपालमा खेर जाने बिजुलीबाट प्रशस्त हाइड्रोजन उत्पादन गरेर इन्धनको सबै माग पूरा गर्न सकिने सम्भावना छ’, उनी भन्छन्, ‘विश्व बजारमा उच्च माग रहेको क्लिन इनर्जी बेचेर नेपालले समृद्धि हासिल गर्न सक्ने हामीले देखेका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij