काठमाडौं, २७ माघ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ५०० सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन तोलामा १ हजार ४०० सय ५० रुपैयाँले बढेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३०० सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।