२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

तातोपानी नाका आजबाट पूनःसुचारु

तातोपानी नाका आजबाट पूनःसुचारु

गण्डकी टाइम्स
मंगलवार, माघ २७ २०७७
गण्डकी टाइम्स
मंगलवार, माघ २७ २०७७
  • काठमाडौं, २७ माघ । नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पूनःसुचारु भएको छ ।

    भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो ।

    नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिएका छन । एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।

    चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ । भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र शुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ । आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, माक्स तथा जलद्यिुत् आयोजनाका मेसिनरी सामन रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij