काठमाडौं, २ फागुन । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।