काठमाडौं, ४ फागुन । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज छापालावा सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।