काठमाडौं, ६ फागुन । नेपाली बजारमा बिहिबार पनि सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार २०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पति तोलामा ६०० सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।