२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

हवाई भाडा वृद्धि

हवाई भाडा वृद्धि

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ७ २०७७
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ७ २०७७
  • काठमाडौं, ७ फागुन । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरे पछि हवाई भाडा बढेको हो ।

    वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो ।

    संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको हो ।

    बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij