काठमाडौं, ९ फागुन । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।