काठमाडौं, १० फागुन । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य भने आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।