२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

१० दिनपछि पुन:सञ्चालमा आयो तातोपानी नाका

१० दिनपछि पुन:सञ्चालमा आयो तातोपानी नाका

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १० २०७७
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १० २०७७
  • काठमाडौं, १० फागुन । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन ।

    ‘माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको छ, आज ८ वटा कन्टेनर आउँदैछन्,’ खत्रीले भने । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताएका छन ।

    नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सकिने भन्सार प्रमुख खत्रीको भनाइ छ । नाका भएर माल वस्तु आयातका काम ढुक्क भएर गर्न चिनियाँले पक्षले आग्रह गरेको भन्दै उनले नेपाली व्यवसायीलाई पुनः व्यापार सुरु गर्न आग्रह गरेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij