काठमाडौं, २० फागुन । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँ घटेको छ । आज तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।