२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एभरेष्ट बैंकको २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकको २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०७७
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०७७
  • काठमाडौं, १३ चैत । एभरेष्ट बैंक लिमिटेडले नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार बैंकले प्रद्घशनीमार्गस्थित पर्यटन विभागमा आयोजित एक कार्यक्रममा “सगरमाथाको १२ फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको क्यालेन्डर पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बैंकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका हुन् । लामो समय देखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ । सो कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक लगायत पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए । कार्यक्रमको दौरान बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ गौरवमय उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै यसको चर्चा बढाउन बैंकले “सगरमाथाको १२ फरक मुहारहरू” जस्तो फरक विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई अझ बढावा दिन्छ भन्ने प्रकाश पारे । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij