काठमाडौं, २० चैत । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।