२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

डलरको भाउ एकैदिन १ रुपैयाँ ७९ पैसा बढ्यो

डलरको भाउ एकैदिन १ रुपैयाँ ७९ पैसा बढ्यो

गण्डकी टाइम्स
बिहिवार, चैत्र २६ २०७७
गण्डकी टाइम्स
बिहिवार, चैत्र २६ २०७७
  • काठमाडौं, २६ चैत । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । बिहीबार एकैदिन डलरको भाउ १ रुपैयाँ ७९ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो । भारु र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर छ । यही कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ ।

    अनि, कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि पर्छ । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । भारतमा कोरोना संकट चुलिएका कारण पनि भारु कमजोर भएको अनुमान गरिएको छ ।

    नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ । तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुका साथै विदेश पढ्न तथा उपचार गर्न जाने विद्यार्थीलाई भने समस्या पर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij