२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

गण्डकी टाइम्स
आइतवार, चैत्र २९ २०७७
गण्डकी टाइम्स
आइतवार, चैत्र २९ २०७७
  • काठमाडौं, २९ चैत । काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

    उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिएका छन । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोके छ । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताएका छन । ‘संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबै भन्दा धेरै हो,’ अध्यक्ष बिसीले भने । यस अघि कुखुराको मासुको मूल्य संघले चार सय रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

    ब्रोइलर मासुको बिक्री थालेको २२ वर्षको अनुभवमा अहिलेको मूल्य यस अघि कहिल्यै नदेखेको संघका निर्वतमान कोषाध्यक्ष बल्लु बलराम खड्गीले बताएका छन । ‘संघले ४१० रुपैयाँ तोकेको छ, खुद्रामा ४३० रुपैयाँ भन्दा धेरैमा मासुको मूल्य रहेको हुनसक्छ,’ खड्गीले भने । मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ । तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको काठमाडौं नागार्जुनका मासु व्यवसायी पूर्ण बहादुर श्रेष्ठले बताएका छन । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij