काठमाडौं, ३० चैत । सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।