२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरियामा नेपाली कामदारको भिसा अवधि १ वर्ष थप्ने निर्णय

कोरियामा नेपाली कामदारको भिसा अवधि १ वर्ष थप्ने निर्णय

गण्डकी टाइम्स
सोमवार, चैत्र ३० २०७७
गण्डकी टाइम्स
सोमवार, चैत्र ३० २०७७
  • सउल, ३० चैत । इपीएसमार्फत दक्षिण कोरियामा आएका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा (भिसा) १ वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ । प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म ३ वर्षको कार्यकाल सकिने तथा हाल ४ वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि १ वर्ष थपिने बताएका हुन् । यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म ३ वर्ष अवधि सकिने तथा हाल ४ वर्ष १० महिना अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि ५ वर्ष १० महिना हुनेछ ।

    ३ वर्षको कार्यकाल सकिने श्रमिकले १ वर्ष थपेर ४ वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार १ वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् । एमटियुका अध्यक्ष राईका अनुसार कोरियामा १३ महिनादेखि कोही विदेशी मजदूर भित्रिएका छैनन् ।

    यसबीचमा केही कम्बोडियाका केही श्रमिक भित्रिए पनि अन्य देशबाट श्रमिक भित्र्याउन सकिएको छैन । यसरी विदेशी श्रमिक नभित्रिंदा हुन गएको अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले यस्तो नियम ल्याएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij