काठमाडौं, २ वैशाख । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।