काठमाडौं, ३ वैशाख । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आछ छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन तोलामा ६ सय ५० रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।