२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

त्रिभुवन विमानस्थल ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि प्रतिबन्ध

त्रिभुवन विमानस्थल ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि प्रतिबन्ध

गण्डकी टाइम्स
मंगलवार, बैशाख १४ २०७८
गण्डकी टाइम्स
मंगलवार, बैशाख १४ २०७८
  • काठमाडौं, १४ वैशाख । बुधबार मध्यरातबाट तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन तथा त्रिभुवन विमानस्थललाई ट्रन्जिटको रुपमा प्रयोग गरेर यात्रा गर्ने विदेशी नागरिकको आवागमनमा रोक लगाइने भएको छ ।

    अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका कारण वैशाख १५ गते राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि यात्रामा प्रतिबन्ध लगाएको हो ।

    विभागले नेपाललाई अन्तिम गन्त्यव्य बनाएर आउने र नेपालबाट बाहिर जाने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने प्रष्ट पारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij