२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आन्तरिक उडान तत्काल बन्द गर्ने तयारी

आन्तरिक उडान तत्काल बन्द गर्ने तयारी

गण्डकी टाइम्स
बिहिवार, बैशाख १६ २०७८
गण्डकी टाइम्स
बिहिवार, बैशाख १६ २०७८
  • काठमाडौं, १६ वैशाख । सरकारले आन्तरिक उडान पनि तत्काल बन्द गर्ने तयारी गरेको छ । बुधबार सीसीएमसी सचिवालयले त्रिभुवन विमानस्थलमा अनुगमनपछि सीसीएमसीले आन्तरिक उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

    सीसीएमसीका एक सदस्यका अनुसार सरकारले निषेधाज्ञा जारी गरेको अघिल्लो सीसीएमसीको टोलीले विमानस्थलमा भीडभाड देखेपछि आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

    आन्तरिक उडान खुला राख्दा विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको मोबिलिटी बढ्ने र यसबाट संक्रमण फैलने डर भएकाले बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाका लागि आजबाट निषेधाज्ञाको घोषणा गरेको छ । यसबीच आन्तरिक र बाह्य हवाई उडान यथावतै राख्ने निर्णय गरेको गरेको थियो ।

    हवाई उडान बन्द नहुँदा विमानस्थलमा उस्तै भीड लागेपछि आन्तरिक उडान पनि बन्द गर्ने तयारीमा पुगेको बुझिएको छ । निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरु बढेका पनि भीड बढेको हो ।

    आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारीमा रहेको सचिवालयका अधिकारीहरुको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij