सुनको मुल्य बढ्यो, चाँदी घट्यो
सुनको मुल्य बढ्यो, चाँदी घट्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २३ वैशाख । बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया