सुनको मुल्य बढ्यो, चाँदी घट्यो
सुनको मुल्य बढ्यो, चाँदी घट्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २६ वैशाख । आइतबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया