ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य
ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ४ जेठ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चादीको मुल्य तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया