सुनको मुल्य घट्यो, चाँदी बढ्यो
सुनको मुल्य घट्यो, चाँदी बढ्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ११ जेठ । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया