२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने, बजेट शनिबार

आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने, बजेट शनिबार

गण्डकी टाइम्स
बिहिवार, जेठ १३ २०७८
गण्डकी टाइम्स
बिहिवार, जेठ १३ २०७८
  • काठमाडौं, १३ जेठ । सरकारले आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार, शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम राखिएको छ । कार्यक्रम जुम प्रविधिबाट सार्वजनिक गर्ने जनाएको छ । फोटो तथा भिडियोका लागि सीमित पत्रकारलाई अर्थ मन्त्रालय प्रवेश दिने गरी तयारी गरिएको छ । जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन । अर्थले यसलाई निर्देशनकै रुपमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij