२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी बढ्न थाल्यो कोरोना संक्रमित

फेरी बढ्न थाल्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
मंगलवार, आश्विन ५ २०७८
गण्डकी टाइम्स
मंगलवार, आश्विन ५ २०७८
  • काठमाडौँ, ५ असोज । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा १ हजार ३३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा देशभर ९ हजार ६२६ आरटी पिसिआर र ३ हजार ९९६ एन्टिजेन गरी कुल १३ हजार ६२२ जनामा परीक्षण गरिएकोमा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर २१ हजार ५२४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा, १ हजार ३६० संस्थागत आइसोलेसनमा र २५० जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३५ जना र भेन्टिलेटरमा १०७ जना उपचाररत छन् ।

    मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij