२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

जनसेवा बाहेक मेरो कुनै उद्देश्य छैन : वडाध्यक्ष वासु गौतम

जनसेवा बाहेक मेरो कुनै उद्देश्य छैन : वडाध्यक्ष वासु गौतम

गण्डकी टाइम्स
बुधवार, आश्विन ६ २०७८
गण्डकी टाइम्स
बुधवार, आश्विन ६ २०७८
  • राजधानी काठमाडौँ भित्र भएर पनि तारकेश्वर नगरपालिका भौतिक बिकासको क्षेत्रमा फड्को मार्न सकेको थिएन। जब स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिहरु आए र स्थानीय तहको सरकार बन्यो तबदेखी तारकेश्वर नगरपालिकाले बिकासमा फड्को मार्न थाल्यो। नगरभित्रका बाटोघाटोको स्तरउन्नति गर्न जनप्रतिनिधिहरू सक्रियता पूर्वक लागे। तारकेश्वर नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष वासु प्रसाद गौतम जब वडाध्यक्षमा निर्वाचित भए त्यसपश्चातका करिव ४ वर्ष उनि लगातार वडाको विकास र समृद्धिका लागि निरन्तर लागिरहेका छन्। नेकपा (एमाले) का नगर अध्यक्ष समेत रहेका गौतम जनताको काम गर्न भने पछि हुरुक्कै हुन्छन्। स्थानीय जनतामाझ लोकप्रीय छबी बनाएका गौतम २०३६ सालदेखि निरन्तर राजनीति मार्फत समाज सेवामा सक्रिय रहदै आएका छन्। वडाध्यक्ष गौतमसंग आफ्नो ५ वर्षे कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा वडावासीको लागि के-के काम गरे भन्ने बिषयमा हामीले जान्न चाहेका छौ। प्रस्तुत छ, वडाध्यक्ष वासु प्रसाद गौतमसंग वडाको समग्र विकासको क्षेत्रमा भए गरेका काम, नागरिकको मन जित्न के गरियो ? अहिलेसम्म चुनावी प्रतिवद्धता के कति पूरा भए र बाँकी अवधिमा कति पूरा हुनेछन् भन्ने बारे गण्डकी टाइम्सले गरको कुराकानीको सम्पादित अंश : तपाइँ वडाध्यक्षमा निर्वाचित भएको पनि साढे चार वर्ष भइसक्यो यो अवधिमा के–के काम गर्नुभयो ? म जव राकेश्वर नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भएर जनताको सेवा गर्न आए त्यसपछि म निरन्तर जनताको सेवा र वडाको बिकासमा सक्रियता पूर्वक काम गर्दै आएको छु। वडा भित्रका तमाम समस्याको समाधान गर्न मसंगै मेरो टिमका सम्पूर्ण साथीहरु लागिपरेका छौं । अझै वडाको बिकासको लागि गर्नुपर्ने धेरै काम बाकी छ। त्यसको लागि म निरन्तर रुपमा लागि परेको छु । वडा भित्रका नागरिकहरुको आर्थिक बिकासको लागि अनुदान, प्रोत्साहन, साझेदारीमा कार्यक्रम सञ्चालन गरी जनतालाई प्रोत्साहीत गरिएको छ। टनेल खेती मार्फत तरकारीमा आत्मनिर्भर बनाउने दिशातर्फ उन्मुख बनाइ कृषकलाई सहकारी समन्वय सहकार्यमा उत्पादन तथा आर्थिक क्रियाकलापलाई बृद्धि गरी रोजगारी सिर्जना गर्ने काम भएको छ । पूर्वाधारतर्फ वडा भित्रका सडकहरुको स्तरउन्नति गर्ने कार्य तीव्र किसिमले भइरहेको छ । खानेपानी सम्बन्धी योजनाहरु सम्पन्न भएका छन् कतिपय हुने तयारीमा छन् । जसले गर्दा वडा भित्र सरल र सहज रुपमा स्वच्छ खानेपानीको सुनिश्चिता गरिएको छ । चुनावी प्रतिवद्धता कति पूरा भएजस्तो लाग्छ ? के–के थिए तपाइँका चुनावी प्रतिवद्धता ? आफूले गरेका प्रतिवद्धता समय समयमा स्मरण गर्ने गरेको छु । निर्वाचनको समयमा वडा नम्बर ५ विकासको लागि गरेका प्रतिवद्धता क्रमश पुरा हुदैँ गएका छन्। तारकेश्वर नगरपालिका वडा नम्बर ५ लाई सुन्दर, समृद्ध वडाको बनाउने प्रतिवद्धता व्यक्त गरेको थिएँ । त्यो पूरा हुने चरणमा छ। पूर्वाधारको क्षेत्रमा बोहोराटारको २७ फुटे बाटोलाई पिज गर्ने काम सम्पन्न भएको छ। बोहोराटारदेखि धितालथोकसम्मको सडक स्तरउन्नतिको काम भईरहेको छ। वडा भित्रका मुख्य सडकको स्तरोन्नति, ग्राभेल र पक्की बनाउने काम भएको छ। बोहोराटारबाट नागार्जुन मावि जाने बाटो पिच हुने काम धमाधाम हुदैँ छ। वडा भित्रका भित्रीसडक ढलानको ७० प्रतिशत सम्पन्न भईसकेको छ। यो काम गर्दा हामीले स्थानीयको पनि साझेदारीमा काम गरेका हौ। तारकेश्वर नगरपालिकालाई राजधानीको पर्यटकीय हबको रुपमा बिकास गर्ने काम तिब्र रुपमा हुदैँ आएको छ। मैले वडामा के-के गर्या भन्ने कुरा वडावासीले देखेका छन्। फिल्डमा गएर हेर्ने र वडावासीसंग बुझ्ने हो भने मैले गरेका काम बारे प्रस्ट हुन्छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले के पाए जस्तो लाग्छ ? स्थानीय तहको निर्वाचनपछि वडाको विकास निर्माणका काममा सबैसँग समन्वय र सहकार्यका साथ काम गरेका छौं । हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल सबै मिलेर काम गर्दै आएका छौं । विकास निर्माणदेखि वडा भित्रको हरेका हरेक काममा जनताको सहभागिता रहदै आएको छ। जनताले हरेका कामलाई आफ्नै काम ठानेका छन्। वडाभित्र हरेका काममा जनताले सक्रिय भूमिका खेल्दै आएका छन्। यो सकारात्मक पक्ष हो। वडाको नेतृत्व लिएर काम गर्दा कस्ता-कस्ता चुनौती आइलागे ? वडावासीको मन जित्ने काम गरेपछि खास चुनौती त केहि भोग्नु परेको छैन। केही चुनौती आएमा वडाका आगुवा साथीहरुसंग छलफल गरेर त्यसलाई समाधन गर्ने गरेका छौ। वडवासीले सानादेखि ठूलाठूला अपेक्षा स्थानीय सरकारसँग राख्ने कुरा स्वाभाविकनै हो। विकास निर्माण, रोजगार, अनुदान सहयोग, स्वास्थ्य सेवा आदिका सबै उनीहरुको अपेक्षाहरु पूरा गर्न सीमित स्रोतसाधन मुख्य चुनौतीका रुपमा रहेको मैले महसुस गरेको छु।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij