२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी घट्यो कोरोना संक्रमितको संख्या

फेरी घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
बिहिवार, आश्विन ७ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन ७ २०७८
  • काठमाडौं, ७ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij