सत्तारुढ नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक चुनावमा लागेको छ। महाधिवेशनको तिथि नजिकिँदै जाँदा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ । चुनावी सरगर्मी बढेसँगै गाउँ, नगर, क्षेत्रदखि जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
त्यसैक्रममा तारकेश्वर नगरपालिकामा रहेर लामो समयदेखि राजनीति मार्फत जनसेवामा सक्रिय
ईच्छाराम कार्कीले नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । कार्कीले वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा दोस्रो लोकप्रिय मत प्राप्त गरि विजयी भए। नेपाली कांग्रेसको महासमिती सदस्य समेत रहेका कार्की जनताको काम भनेपछि हुरुक्क हुन्छन्। जनता र पार्टीका इमान्दार नेता कार्यकर्ताको पक्षमा काम गर्न आफु सभापतिमा चुनाव लड्न लागेको कार्की बताउछन्।
वि.स. २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भई राजनीतिमा प्रवेश गरेका कार्की त्यसयता निरन्तर राजनीतिमा सक्रिय रहदै जनसेवा गर्दै आएका छन्। तारकेश्वर नगरपालिकाका युवाहरु माझ लोकप्रीय कार्की विभिन्न सामाजिक संस्थामा आवद्ध भई सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।
राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने कार्कीसंग उनको उमेद्वारीको बिषयमा रहेर
गण्डकी टाइम्सले छोटो कुराकानी गरेको छ। प्रस्तुत छ,
ईच्छाराम कार्कीसंग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अशं :
नेपाली काँग्रेसको नगर सभापतिमा तपाइँको उम्मेदवारी किन ?
म २०५४ सालदेखि राजनीति मार्फत निरन्तर जनताको सेवा गर्दै आएको छु। राजनीति मार्फत जनसेवा गर्नुनै मेरो मुख्य उदेश्य हो। म अहिले पनि नेपाली कांग्रेसको महासमिती सदस्यमा रहेर निरन्तर पार्टी र जनताको काम गर्दै आएको छु। मैले तारकेश्वर नगर भित्र नेपाली कांग्रेस पार्टीलाई अगाडी बढाउन कुनै कसर बाकि राखेको छैन। पार्टी र जनताको काम भने पछि मैले दिनरात नभनी गर्दै आएको छु। यो कुरा मैले भन्नु भन्दा पनि तारकेश्वरवासी जनतालेनै भन्छन्। अहिलेसम्म आइपुग्दा मैले अन्य अग्रजहरुलाई साथ र सहयोग गर्या । मलाई पनि उहाँहरुले कांग्रेसको राजतीतिमा सक्रिय भई समाजको सेवा गर्न सिकाउनु भयो। अग्रजहरुको साथ र यूवा साथिहरुको आग्रहमा मैले आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा उम्मेदवारी दिने निर्णय लिएको हुँ।
तपाइँका एजेण्डा के-के छन् ?
सर्वप्रथम त नेपाली कांग्रेसले बोक्ने एजेण्डा नीति तथा योजनानै मेरा एजेण्डा हुन्। मेरो राजनीतिनै जनताको सेवा गर्ने हो। जनताको समस्यानै मेरा समस्या हुन् जस्तो लाग्छ। तारकेश्वर नगरपालिका भित्रका जनसमुदायहरुको हितमा काम गर्ने, उनीहरुको समस्यामा निरन्तर साथ दिने, नेपाली कांग्रेस पार्टीलाई नगरको प्रमुख पार्टी बनाउने मेरा एजेण्डा छन्। समग्रमा भन्नुपर्दा जनसमुदाय र पार्टीका नेता/कार्यकर्ताका एजेण्डानै मेरा एजेण्डा हुन्। अर्को कुरा तारकेश्वर नगरपालिकामा हाम्रो पार्टीलाई थप ससक्त र क्रियाशील बनाउने मेरो योजना रहेको छ। तारकेश्वरको विकासको लागि विगतमा भन्दा मैले अझ प्रभावकारी काम गर्नेछु। नगरभित्र नेपाली कांग्रेसका समर्थक एवम शुभचिन्तकको सल्लाह सुझावलाई सधै साथ लिएर अगाडी बढ्ने मेरो योजना रहेको छ।
तपाइँले निर्वाचन जित्ने आधार के-के छन् ?
म २०५४ सालदेखि निरन्तर राजनीति मार्फत तारकेश्वर नगरपालिका भित्र मैले देखाएको क्रियाशीलतानै मैले नगर सभापतिमा चुनाव जित्ने मेरो बलियो आधार हो। लामो समयदेखि यो पार्टीमा मैले गरेको योगदान, साथीहरुको साथ सहयोगले मलाई हौसाला प्रदान गरेको छ। नगर भित्रका अग्रजदेखि नयाँ क्रियाशील सदस्यहरुको समर्थननै मेरो जित्ने आधार हो। म पार्टीको एक इमान्दार सिपाई हुँ। पार्टीको राजनीतिबाट समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मुख्य उदेश्ले म राजनीतिमा सक्रिय रहदै आएको हुँ। मैले व्याक्तिगत रुपमा लिने केहि छैन, म राजनीति र समाजसेवा मार्फत तारकेश्वरलाई केहि दिन चाहान्छु । मेरा व्याक्तिगत चाहना केही छैन। राजनीतिलाई पेशाको रुपमा कमाउ धन्दा बनाउदा विकृति पैदा भएको छ । यस्तो विकृतिलाई नियन्त्रण गर्दै राजनीतिलाई सेवा र समर्पितको भावनाले अगाडी बढाउने नेतृत्वको विकास गर्न आवश्यक छ ।
तपाइँका अन्य योजना के छन् ?
मेरो अहिलेको एक मात्रा योजना भनेको तारकेश्वर नगर सभापतिमा निर्वाचन जित्नेनै हो। यो मिसनमा सफलता प्राप्त गरेसंगै म तारकेश्वरवासीको जनप्रतिनिधि भएर सेवा गर्न आतुर छु। त्यसमा मेरो पार्टी र तारकेश्वरवासी जनसमुदायको मलाई साथ र सहयोग रहन्छ भन्ने विस्वास मैले लिएको छु। म लामो समयदेखि तार्केश्रर भित्रको प्रतीजग्गा बचाउ अभियानमा लाग्दै आएको छु। जसले गर्दा नगर भित्रका प्रतीजग्गा बचेका छन्। त्यसलाई अझै व्यावस्थित गर्ने मेरो योजना रहेको छ।