२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दसैंअघि नै बालबालिकाका लागि कोरोना खोप ल्याउने तयारी

दसैंअघि नै बालबालिकाका लागि कोरोना खोप ल्याउने तयारी

गण्डकी टाइम्स
शुक्रवार, आश्विन ८ २०७८
गण्डकी टाइम्स
शुक्रवार, आश्विन ८ २०७८
  • काठमाडौं, ८ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड-१९ विरूद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

    चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैंअघि एक लाख डोज खोप ल्याइने बताएका छन। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ।

    उनले भने,बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ। फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।

    आगामी चैत महिनाभित्र कोरोना विरूद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन। उनले भने, अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ। फरक प्रसंगमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताएका छन।

    भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिएका छन।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij