आज फेरी बढ्यो कोरोना संक्रमित
आज फेरी बढ्यो कोरोना संक्रमित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५७५ पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ एन्टिजेन परीक्षणमा ३७३ जना गरी १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ । जसमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा र १,३१८ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४७ जना आईसीयूमा उपचाररत छन् भने १०५ जना भेन्टिलेटरमा उपचाररत छन ।
बिहिबार १ हजार २३९ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ४७६ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया