२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
शनिवार, आश्विन ९ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन ९ २०७८
  • काठमाडौं, ९ असोज । पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा ७ सय ९० जना र ३ हजार ५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा र १३६० जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३६३ जना आईसीयूमा उपचाररत छन् भने १०९ जना भेन्टिलेटरमा उपचाररत छन ।

    शुक्रबार १ हजार ४७६ जनामा संक्रमण देखिएकोमा आज घटेर ९ सय ५३ जनामा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij