२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै, कुन जिल्लामा कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्दै, कुन जिल्लामा कति थपिए ?

गण्डकी टाइम्स
आइतवार, आश्विन १० २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन १० २०७८
  • काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्ला कति संक्रमित थपिए ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४/२४ जना, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा १४ र इलाममा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij