२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी बढ्यो कोरोना संक्रमितको संख्या

फेरी बढ्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
सोमवार, आश्विन ११ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन ११ २०७८
  • काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ८ सय ३४ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार २८२ जनामा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij